Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सर्वोच्चको आदेशः पुस ५ पछिका सबै नियुक्ति खारेज

    सर्वोच्चको आदेशः पुस ५ पछिका सबै नियुक्ति खारेज

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 6.9K
    SHARES

    सर्वाेच्च अदालत परिसर

    काठमाडौं ।सर्बोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेसँगै पुस ५ गतेपछि भएका सबै नियुक्ति खारेज हुने भएका छन् ।

    मंगलबार प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभाको पुनर्स्थापनाको फैसला सुनाएका थिए ।



    लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।



    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए।

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको भन्दै फैसला गरेको हो । संविधान प्रतिकूल हुने गरी प्रधानमन्त्रीले विघटन गरेको फैसलामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार