Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ओलीले बोलाए स्थायी कमिटीको बैठक

    ओलीले बोलाए स्थायी कमिटीको बैठक

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो ।

    कामचलाउ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् । बुधबार बालुवाटारमा बैठक बस्न लागेको हो ।



    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो ।



    ओली तत्काल राजीनामा दिने पक्षमा छैनन् । अझै चलखेल गरेर सत्ता टिकाउने उनको रणनीति छ । सर्वाेच्चले १३ दिनभित्र प्रतिनिधिसभा पुर्नस्थापन गर्न आदेश दिइसकेको छ । जहाँ उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार