Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • शिक्षामन्त्रीले भने – प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव फेस गर्छन्, राजिनामा आउँदैन

    शिक्षामन्त्रीले भने – प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव फेस गर्छन्, राजिनामा आउँदैन

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा माग्दैमा प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

    सिटिइभीटीको ३३ र्औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, ‘हामी कायर हो र, राजीनामा  दिने , कुनैपनि हालतमा प्रधानमन्त्रीको राजीनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ । मन्त्री श्रेष्ठले संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव फेस  गर्ने बताएका छन् ।



    पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनैपनि हालतमा राजीनामा नदिने समेत दोहो-याए ।
    मन्त्री श्रेष्ठले थप भने, ‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौ तर यो निर्णयले झन् विवाद बढाएको छ । हामी जनताबाट आएका हौँ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङ्कन गर्नेछन् ‘



    संसद् पुनःस्थापना भएलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको उल्लेख गर्दै उनले सपना बाँड्दैमा कोहीपनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार