Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बधाई साटासाटपछि देउवालाई भेट्न जाँदै प्रचण्ड र नेपाल

    बधाई साटासाटपछि देउवालाई भेट्न जाँदै प्रचण्ड र नेपाल

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 1.5K
    SHARES

    काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि बदलिंदो राजनीतिक परिस्थितिमा नेपाल नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ जाने भएका छन् ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको बदलिंदो राजनीतिक परिस्थितिमा नेकपा अध्यक्षद्वय विपक्षी दलका सभापति देउवालाई भेट्न उनकै निवास जान लागेका हुन् ।



    चितवनको सभालाई समेत सम्वोधन नगरी बिहान विमानबाट काठमाडौं आएका प्रचण्ड र नेपालले देउवासँग विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने तयारी गरेका हुन् ।



    प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै चितवनमा बुधबार गरिने भनिएको विरोध सभालाई विजय उत्सव मनाउन निर्देशन दिँदै उनीहरु बिहान विमानमार्फत राजधानी फर्किएका हुन् । देउवानिकट स्रोतका अनुसार अध्यक्षद्वयले भेट्न समय लिएको र केहीबेरमा आइपुग्ने कार्यक्रम छ ।

    संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि मंगलबार कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्डले बधाई साटासाट गरेका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कांग्रेस र नेकपा प्रचण्ड नेपाल समूह विरोधमा सडक आन्दोलनमा उत्रिएका थिए ।

    शीर्ष नेतासहितको कांग्रेस पदाधिकारी बैठक बस्ने तयारी पनि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार