Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मेसीको दुई गोलमा बार्सिलोना विजयी

    मेसीको दुई गोलमा बार्सिलोना विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    म्याड्रिड । लियोनल मेसीले दुई गोल गर्दा स्पेनी ला लिगामा बार्सिलोनाले बुधबार एल्चेलाई ३–० ले हराएको छ ।

    यससँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी पाँच अंकमा छोट्यायो ।



    ४८औं मिनेटमा पहिलो गोल गरेका अर्जेन्टिनी फरवार्डले ६८ औं मिनेटमा दोस्रो गोल थपे ।



    ७३औं मिनेटमा जोर्डी अल्बाले तेस्रो गोल गरे । यी दुई गोलसँगै मेसीले यो सिजन लिगमा गरेको गोल संख्या १८ पुगेको छ । उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षस्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार