Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • इक्वेडरको जेलमा भएको हिंसामा परी ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

    इक्वेडरको जेलमा भएको हिंसामा परी ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी। इक्वेडरमा गत मङ्गलबार जेलहरुमा भएको हिंसामा परी ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको प्रहरी स्रोतले जनाएको छ । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले चार ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक सङ्गठनको हात रहेको आरोप लगाएका छन् ।

    मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिँदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए ।



    गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार