Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदुतलाई देश छाड्न ७२ घण्टे अल्टिमेटम

    भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदुतलाई देश छाड्न ७२ घण्टे अल्टिमेटम

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 1.1K
    SHARES

    एजेन्सी। बुधबार भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास तीन दिन अर्थात् ७२ घण्टाभित्र छाड्न अल्टिमेटम दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न अल्टिमेटम दिएको हो ।

    भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्ने अल्टिमेटम दिएका थिए । युरोपेली युनियनका विदेश मन्त्रीहरुको बैठकले “लोकतन्त्रको अपमान” गरेको भन्दै भेनेजुएलाका १९ जना अधिकारी विरुद्ध प्रतिबन्धहरु घोषणा गरेको थियो ।



    मन्त्री अरेजाले संवाददाताहरुसँग भने, “आज, राष्ट्रपति निकोलास मदुरोको निर्णय बमोजिम इसाबेल ब्रिलहान्टलाई देश छाड्न तीन दिन अर्थात् ७२ घण्टाको समयावधि राखेर अल्टिमेटम दिएका छौं ।”
    उता, ब्रसेल्समा युरोपेली युनियनले भेनेजुएलालाई आफ्नो निर्णय फिर्ता गर्न माग गरेको छ ।



    इयूका प्रवक्ता नबिला मासरालीले भेनेजुएलाको निर्णयप्रति खेद व्यक्त गर्दै यस निर्णयले अन्तर्राष्ट्रिय जगतबाट भेनेजुएला थप एक्लिने चेतावनी दिएका छन् ।

    राष्ट्रपति मदुरोले टेलिभिजनमा सम्बोधन गर्दै युरोपेली राजदूतलाई निश्कासन गर्ने निर्णय अलोकप्रिय र ठीक नदेखिए पनि आफूहरुले बाध्य भएर यस्तो निर्णय गर्नु परेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार