Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • न्युजिल्याण्डसँग अस्ट्रेलिया ४ रनले पराजित

    न्युजिल्याण्डसँग अस्ट्रेलिया ४ रनले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    एजेन्सी। न्युजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलिया दोश्रो टी ट्वान्टी क्रिकेटमा पराजित भएको छ ।

    बुधबार न्युजिल्याण्डको घरेलु मैदान डुनेडीमा भएको दोस्रो खेलमा अस्ट्रेलिया ४ रनले पराजित भएको हो ।



    न्युजिल्याण्डले दिएको २ सय २० रनको लक्षसहित जवाफी ब्याटिङमा उत्रेको अस्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर मात्र २ सय १५ रनमा समेटियो । अष्ट्रेलियाका लागि मार्कस स्टनिसले सर्वाधिक ७८ रनको पारी खेले पनि टोलीको हार टार्न भने सकेनन् ।



    घरेलु टोलीका लागि मिचेल सेट्नरले सर्वाधिक ४ विकेट लिए ।

    यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १९ रन बनाएको थियो । न्युजिल्याण्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९७ रनको योगदान दिए । त्यस्तै केन विलियम्सनले ५३ रन जोड्दा जेमी निशमले ४५ रनको उत्कृष्ट पारी खेलेका थिए ।

    अस्ट्रेलियाका लागि केन रिचर्डसनले सर्वाधिक ३ विकेट लिए भने, झेय रिचर्डसन, एडम जाम्पा र ड्यानियल साम्सले १–१ विकेट लिए ।

    यसअघि भएको पहिलो खेलमा न्युजिल्याण्ड ५३ रनले विजयी भएको थियो । अब तेस्रो खेल मार्च ३ मा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार