Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना अपडेट : थप ११२ जनामा संक्रमण पुष्टि, ८४ जना संक्रमण मुक्त

    कोरोना अपडेट : थप ११२ जनामा संक्रमण पुष्टि, ८४ जना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ८४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७० हजार २२३ पुगेको छ ।



    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै हिजो नेपालमा ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार