Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • महिला टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त

    अन्तत: महिला फुटबल टोलीले पायो प्रशिक्षक

    अन्तत: महिला फुटबल टोलीले पायो प्रशिक्षक

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पछि प्रशिक्षक विहीन रहेको नेपाल राष्ट्रिय महिला फुटबल टोलीले अन्तत: मुख्य प्रशिक्षक पाएको छ ।

    बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा बसेको एन्फा टेक्निकल कमिटिको बैठकले राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेसँगै टोलीले प्रशिक्षक पाएको हो ।



    महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।



    यस अघि फिलिप्स प्राविधिक निर्देशनको रुपमा काम गरिरहेका थिए ।

    गत बर्ष पोखरामा भएको फाइलन खेलपछि महिला टोलीले हालसम्म कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार