Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चीनपछि भारत र पाकिस्तानी सेनाबीच सिमामा आक्रमण रोक्ने सम्झौता

    चीनपछि भारत र पाकिस्तानी सेनाबीच सिमामा आक्रमण रोक्ने सम्झौता

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    एजेन्सी। भारत र पाकिस्तानका सेनाबीच कश्मीरको विवादित सीमा क्षेत्रमा युद्धविरामलाई कडाइका साथ पालना गर्ने सम्झौता भएको छ ।

    वार्ता भएपछि दुबै पक्ष २४- २५  फेब्रुअरीको मध्यरातदेखि नियन्त्रण रेखा र अन्य क्षेत्रमा गोलीबारी रोक्न सहमत भएका छन्।



    दुबै देशको सेनाका डिजीएमओहरु (सैन्य अपरेशन महानिर्देशक) बीचको वार्तालाप यस्तो समयमा भएको थियो, जब दुबै पक्षबाट नियन्त्रण रेखामा लगातार युद्धविराम उल्लंघन भइरहेको थियो।



    ‘दुबै पक्षले २४- २५ फेब्रुअरीको मध्यरात्रदेखि नियन्त्रण रेखा र अन्य क्षेत्रहरूमा सबै सम्झौता, आपसी समझदारी र युद्धविरामको कडाईका साथ पालना गर्ने छन’ दुवै देशका सेनाले संयुक्त विज्ञप्तिमा भने।

    दुबै देशको सेनाले वार्ताका क्रममा कन्ट्रोल लाइन र अन्य सबै क्षेत्रको स्थितिको समीक्षा गरिएको छ । दुबै सेनाले यो वार्तालाप हटलाइन मार्फत गरेका हुन ।

    यद्यपि भारतीय सेनाले स्पष्ट पार्‍यो कि जम्मू कश्मीरको कन्ट्रोल अफ लाइन र आन्तरिक क्षेत्रमा कुनै पनि किसिमको अतिवादविरोधी र पाकिस्तानी समर्थक आतंकवादीहरुलाई घुसपैठ गर्ने प्रयासमा कुनै ढिलाइ हुँदैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार