Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चीनले भयानक गरिबीको अन्त्य गरेको राष्ट्रपति शी जिनपिङको दाबी

    चीनले भयानक गरिबीको अन्त्य गरेको राष्ट्रपति शी जिनपिङको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 3K
    SHARES

    एजेन्सी। चिनियाँ राष्ट्रपति शी जिनपिङले  चीनले भयानक गरिबीको अन्त्य गरेको दाबी गरेका छन् । उनले यसलाई ‘चमत्कार’ भनेर वर्णन गरे।

    उनले सन् १९८०  को दशकमा चीनमा आर्थिक सुधार लागू भएपछि लाखौं मानिस कठोर गरिबीबाट मुक्त भएको वताए ।



    चिनियाँ सरकारले सी जिनपिङको आगमनपछि आठ बर्षमा १० करोड व्यक्तिको आर्थिक स्थितिमा सुधार भएको दाबी गरेको छ।



    तर, विज्ञहरूले  चीनको गम्भीर गरिबीको परिभाषा एकदमै कम राखिएको छ र आयमा व्यापक असमानता रहेको छ।

    राष्ट्रपति सी जिनपिङले बेइजिङमा भेलालाई सम्बोधन गर्दै भने, ‘आज चीनको कम्युनिष्ट पार्टी (सीपीसी) को शताब्दीयता समारोहको अवसरमा हामीले चीनले गरीबीको बिरूद्ध लडेको घोषणा गर्न यो महान् समारोह आयोजना गरेका छौं। यो जीत सम्पूर्ण पार्टी र सबै जातिका चिनियाँ जनताको संयुक्त प्रयासबाट प्राप्त भएको हो। हामीले अर्को चमत्कार गरेका छौं जुन इतिहासमा रेकर्ड हुनेछ।’

    वर्तमान निर्धारित मापदण्ड अनुसार ९.८९ करोड गरिब ग्रामीण जनसंख्यालाई गरीबीबाट हटाइएको छ।

    यसका साथ गरीबीबाट ग्रस्त ८३२ काउन्टी र १२८ हजार गाउँलाई पनि गरीबीको सूचीबाट हटाइएको छ। हामीले अर्को चमत्कार गरेका छौं जुन इतिहासमा रेकर्ड हुनेछ।

    बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार