Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • टिपरले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु

    टिपरले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मकवानपुरको भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बा रहेका छन् ।



    हिजो बेलुकी सवा ७ बजे पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा२क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।



    ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा लुम्बाको गएराति पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    टिपरसहित चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार