Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नयाँ सरकारको चहलपहल शुरु हुँदा चीन र भारतका राजदूत देउवा निवासमा

    नयाँ सरकारको चहलपहल शुरु हुँदा चीन र भारतका राजदूत देउवा निवासमा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार गठनको चहलपहल सुरु भएको छ ।

    बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका दुईजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए ।



    ओली इतरको नेकपाले कांग्रेस र राजपासँग मिलेर सरकार गठन गर्ने तयारी थालेको छ । तर, कांग्रेसले भने नेकपा विवाद नमिलेसम्म सरकारमा नजाने संकेत देखाएको छ ।



    यस्तो अवस्थामा नेपालका लागि चिनियाँ र भारतीय राजदूतले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

    बिहीबार अपरान्ह फरक–फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले देउवासँग् भेट गरेको स्रोतको दावी छ ।

    देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले भेटवार्ता गरे पनि के कुराकानी भयो भन्नेबारे खुलेको छैन।

    नयाँ सरकार गठनको चहलपहल शुरु हुनु र राजदूतहरुले कांग्रेस सभापतिलाई भेट्नुलाई संयोगमात्र मान्न नसकिने कांग्रेसका नेताहरु नै बताउँछन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राजनीतिको केन्द्रमा फेरि देउवा आइपुगेका छन्।

    नेकपाका दुबै पक्षले देउवासँग भावी सत्ता समिकरणमा सहयोग मागेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार