Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न, राजश्व चुहावट नियन्त्रण गर्ने सहमति

    नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न, राजश्व चुहावट नियन्त्रण गर्ने सहमति

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    बैतडी। बिहीबार नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ ।

    भारतको झुलाघाटमा सम्पन्न भएको बैठकमा अन्तरदेशीय सीमा क्षेत्रमा हुने अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसारसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायतका विषयमा दुवै पक्षबीच सहमति भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।



    उनका अनुसार सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, राजश्व चुहावट नियन्त्रण, सीमामा आवतजावत गर्दा हेल्थ डेस्कमा जाँच गर्नेलगायतका विषयमा सहमति भएको छ ।



    नेपालका तर्फबाट बैतडीका प्रनाउ अधिकारी, सशस्त्र प्रहरीका बैतडी प्रमुख गणेश शाह, भन्सार कार्यालयका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका भाइस कमाण्डर आर के राजेश्वरी, भारतीय प्रहरीका प्रतिनिधि तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार