Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पार्टी भित्रको धारणा नेताहरुकै मुखबाट मात्र बुझौँ : प्रवक्ता श्रेष्ठ

    पार्टी भित्रको धारणा नेताहरुकै मुखबाट मात्र बुझौँ : प्रवक्ता श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी भित्रको धारणा सञ्चार माध्यमको आधारबाट नभइ नेताहरुकै मुखबाट बुझ्न आग्रह गरेका छन् ।

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता श्रेष्ठले भनेका छन्, ‘सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसलापछि अहिले हामी संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृध्दि, समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौं ।’



    त्यस्तै, उनले सञ्चार माध्यमका आ-आफ्ना विश्लेषणलाई यथोचित सम्मान गरौं । त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौं । हामी उहाँहरुको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौ र उचित पनि हुँदैन। तर पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौं।’ उनले उल्लेख गरेका छन् ।



    संसद पुनःस्थापनाको फैसलासँगै नेकपाको प्रचण्ड-माधव समुह नयाँ सत्ता समीकरणका लागि विपक्षी दलको समर्थन जुटाउन प्रमुख दल र नेताहरुसँग दौडधुपमा भएको बेला पछिल्लो समय सन्चार माध्यमबाट भ्रमित खबरहरु फैलिएको भन्दै उनले यस्तो भनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार