Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पशुपतिनाथका नाममा प्राप्त हुने दान पारदर्शिता हुने

    अब पशुपतिनाथमा भेटी चढाउँन पनि ‘क्यूआर कोड’

    अब पशुपतिनाथमा भेटी चढाउँन पनि ‘क्यूआर कोड’

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। पशुपतिनाथको मन्दिरमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने व्यवस्था गरिएको छ ।

    पशुपति विकास कोष र बैंक अफ काठमाडौँ लिमिटेडको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रका चार स्थानमा ‘क्यूआर कोड’ मार्फत अनलाइनबाट भेटी दान गर्न सकिने प्रणाली स्थापना गर्ने सम्बन्धी आज सम्झौता भए पश्चात् उक्त व्यवस्था गरिएको हो ।



    मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने व्यवस्था गरिएको कोषले जनाएको छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ ।



    सो प्रणालीबाट पशुपतिनाथका नाममा प्राप्त हुने दान, दक्षिणा पनि पारदर्शी हुने विश्वास गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कार्यको शुभारम्भ गर्दै देशभर यो प्रणालीको विकास गरिनुपर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार