Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • तेस्रो टेस्टमा भारतको उत्कृष्ट जित

    तेस्रो टेस्टमा भारतको उत्कृष्ट जित

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा उत्कृष्ट जित हाँसिल गरेको छ ।

    बिहीबार नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा टेस्टको दोस्रो दिन भारतले इंग्ल्यान्डलाई १० विकेटले हराएको हो ।



    इंग्ल्यान्डले दिएको ४९ रनको लक्ष्य भारतले बिना विकेटको क्षतिमा पुरा गर्यो । भारतका लागि दोस्रो इनिङ्स रोहित शर्माले अविजित रहदै २५ रन बनाए ।



    यस अघि दोस्रो इनिङ्समा इंग्ल्यान्ड ८१ रनमा अलआउट भएपछि भारतले ४९ रनको लक्ष्य पाएको थियो ।

    दोस्रो इनिङ्समा इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक २५ रन बनाए ।

    भारतका अक्षर पटेलले ५ साथै रविचन्द्र आश्विनले ४ विकेट लिए ।

    त्यसअघि भारत पहिलो इनिङ्समा १ सय ४५ रन जोड्दा अलआउट भएको थियो । भारतका लागि रोहित शर्माले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।

    भारतलाई सस्तैमा समेट्न इंग्ल्यान्डका जोय रुटले सर्वाधिक ५ विकेट लिए ।

    इंग्ल्यान्ड पहिलो इनिङ्समा १ सय १२ रन जोड्दा अलआउट भएको थियो ।

    प्रतियोगितामा भारतका अक्सर पटेल म्यान अफ द म्याच घोषित भए।

    जितसँगै भारतले ४ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार