Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • जोशीको शल्यक्रिया सफल, मस्तिष्कमा जमेको रगत निकालियो, तर स्वास्थ्य अवस्था जटिल

    जोशीको शल्यक्रिया सफल, मस्तिष्कमा जमेको रगत निकालियो, तर स्वास्थ्य अवस्था जटिल

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री नवीन्द्रराज जोशीको शल्यक्रिया सफल भएको छ ।

    आज बिहान ३ बजेतिर शरीरको देब्रे भाग नचल्ने समस्या देखिएपछि वीर अस्पताल पुर्‍याइएका उनको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको हो।



    मस्तिष्कघात भएका जोशीलाई वीर अस्पतालबाट नर्भिक लगिएको थियो ।



    उनको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकहरूले बताएका छन्।

    ‘उहाँलाई ब्रेन ह्यामरेज भएको छ। अवस्था चिन्ताजनक नै छ,’ अस्पतालले भनेको छ–‘ड्रेन गरेर मस्तिष्कबाट रगत निकालिएको छ।’

    जोशीको मस्तिष्कको नशा फुटेर मस्तिष्कमा रगत छरिएको थियो।

    केस क्रिटिकल भएको भन्दै अस्पतालले ४८ घन्टा पछि मात्रै केही भन्न सकिने जनाएको छ ।

    जोशीको नर्भिकको आइसियूमा राखेर उनको उपचार जारी छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार