Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पार्टी एकताको बिषयमा जोड दिन उपाध्यक्ष गौतम बालुवाटारमा

    पार्टी एकताको बिषयमा जोड दिन उपाध्यक्ष गौतम बालुवाटारमा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् ।

    बालुवाटार स्रोतका अनुसार उपाध्यक्ष गौतम नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकताको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास पुगेका हुन ।



    बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल चलिरहेको छ ।



    गत पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

    प्रधानमन्त्री ओली र प्रचण्ड–माधव समूहले संसद पनस्र्थापनापछि सत्ता समीकरणको प्रयास गर्दै गर्दा गौतमले पार्टी एकतामा जोड दिएका हुन् ।

    आजै बेलुका ५ बजे प्रधानमन्त्री ओलीले मन्त्री परिषद्को बैठक समेत बोलाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार