Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रदेश-१ का सांसदसँगको भेटेपछि ओलीले भने – प्रचण्ड–माधव समूहको रणनीतिका आधारमा कदम चाल्छु

    प्रदेश-१ का सांसदसँगको भेटेपछि ओलीले भने – प्रचण्ड–माधव समूहको रणनीतिका आधारमा कदम चाल्छु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले आफु निकट राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् ।

    शुक्रबार बेलुका मन्त्रीपरिषदको बैठक बोलाएका प्रधानमन्त्री ओलीले दिउँसो प्रदेश-१ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन् ।



    गत पुस ५ गते आफैले विघटन गरेको संसदलाई सर्वोच्चले फागुन ११ गते पुनस्र्थापना गरेपछि छलफल र परामर्शमा व्यस्त प्रधानमन्त्रीले शुक्रबार आफू निकट प्रदेश-१ का सांसदसँग भेटघाट गरेका हुन् ।



    प्रधानमन्त्रीसँगको छलफलमा पछिल्लो राजनीटिक घटनाक्रम, सत्ता समीकरण, पार्टी एकता र राजनीतिक स्थायित्वको विषयमा छलफल भएको बालुवाटार पुगेका सांसदको भनाइ छ ।

    सांसदहरुसँग करिब एक घण्टासम्म चलेको छलफलमा प्रधानमन्त्री ओलीले अदालतको फैसला कार्यान्वयन गर्ने विषयमा दृढ रहेको बताएका छन् । ओलीले नेकपा ‘प्रचण्ड–माधव’ समूहको रणनीतिका आधारमा कदम चाल्नेसमेत बताएका छन् ।

    आफैले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पनुस्र्थापना गरेपछि अन्यौलमा परेका प्रधानमन्त्री ओलीले सबै प्रदेशका नेता र सांसदसँग छलफल सुरु गरेका हुन् ।

    पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

    संसद विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन हुँदा कुनै समूहमा नलागी एकता अभियानमा रहेका उपाध्यक्ष वामदेव गौतम समेत पार्टी एकताको पहललाई अगाडि बढाउदै बालुवाटारमा पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार