Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

    सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    फाइल फोटो

    म्याग्दी।  बेनी नगरपालिका-४ सिंगातातोपानीस्थित सडकमा ग.१ ज ६७८८ नम्बरको बोलेरो सडकबाट करिब ३५ मिटर तल म्याग्दी खोलामा खसेर बिहीबार राति दुर्घटना हुँदा बोलेरोमा सवार मालिका गाउँपालिका-३ बस्ने ६२ वर्षीय गोबिन्द रोकाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गोबिन्दको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक समेत अन्य ४ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।  

    रौतहट, बृन्दावन नगरपालिका-१ स्थित सडकमा ना.७ त ५५३१ नम्बरको ट्याक्टरको टेलरबाट झर्ने क्रममा टेलरको पछाडीको चक्काले किचेर ट्याक्टरमा लेवर काम गर्ने चन्द्रपुर नगरपालिका-६ झनझने टोल बस्ने सर्लाही मुर्तिया घर भएका ६२ वर्षीय रामजी कुश्वारको शुक्रबार बिहान मृत्यु भएको छ । किचेर गम्भीर घाइते भएका उनको उपचारको लागि स्थानीय चन्द्रपुर अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



    उल्लेखित दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार