Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना अपडेट : थप ११२ जनामा संक्रमण पुष्टि, ५४ जना संक्रमण मुक्त

    कोरोना अपडेट : थप ११२ जनामा संक्रमण पुष्टि, ५४ जना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपालमा शुक्रबार थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७० हजार २७७ पुगेको छ ।



    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै हिजो पनि नेपालमा ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार