Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • संसद सिध्याउने अनि संसदकै चिन्ता गर्ने ओली शैली अचम्म

    बर्खास्तपछि गुरुङले भने – राजिनामा दिनुपर्ने ओलीले सचेतक नियुक्ति गरेर अनैतिक काम गरे

    बर्खास्तपछि गुरुङले भने – राजिनामा दिनुपर्ने ओलीले सचेतक नियुक्ति गरेर अनैतिक काम गरे

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेकपा नेता देव गुरुङलाई बर्खास्त गरेर विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि नेता गुरुङले असन्तुष्टि व्यक्त गरेका छन् ।

    नेता गुरुङले राजीनामा दिनुपर्ने बेलामा प्रधानमन्त्री ओलीले नयाँ प्रमुख सचेतक नियुक्त गरेर अनैतिक काम  गरेको भन्दै आलोचना समेत गरेका छन् । उनले ओलीले संसद नै विघटन गरेपछि संसद र संसदीय दलमा नैतिक हैसियत गुमाएको समेत बताए ।



    ओलीमा एकातिर संसद सिध्याउने अनि फेरि संसदको बारेमा चिन्ता गर्ने अचम्मको शैली रहेको गुरुङको भनाइ छ ।



    आफैले विघटन गरेको संसदलाई सर्वोच्च अदालतले पुनस्स्थापना गरेकाले ओलीमा यस्तो अधिकार नरहेको गुरुङको टिप्पणी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार