Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

    फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं।  मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते बैठक बस्ने गरी संसद अधिवेशन आह्वान गर्ने सिफारिश गर्ने निर्णय गरेको छ।

    शुक्रबार बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले  संसद अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।



    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।



    विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि सर्वोच्चले फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापना गर्ने फैसला गरेको थियो।

    सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो ।

    मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार