Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • भारतद्वारा धादिङ्ग र सिन्धुपाल्चोकमा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि ५३ करोड सहयोग 

    भारतद्वारा धादिङ्ग र सिन्धुपाल्चोकमा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि ५३ करोड सहयोग 

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं। नेपालमा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतीय दूतावासले सहयोग गर्ने सम्झौता गरेको छ ।

    दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले चारवटा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।



    धादिङ्ग जिल्लामा १२ वटा र सिन्धुपाल्चोक जिल्लामा १३ वटा गरी कूल २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण हुन लागेको हो । २०७२ सालको भूकम्पले क्षति पु-याइएका यी स्वास्थ्य चौकी  ५३ करोड रुपैयाको  लागतमा पुनर्निर्माण हुन लागेको हो ।



    सोही अवसरमा सफल बोलपत्रदातालाई कार्य हस्तान्तरण गर्न हेतु ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाईका बीच चारवटा ठेक्का सम्झौतामा पनि हस्ताक्षर सम्पन्न भएको छ ।

    यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्ने जनाइएको छ । केन्द्रीय भवन सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

    नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

    सोही प्रतिबद्घता अनुरुप १४७ वटा स्वास्थ्य परियोजना मध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको हो ।

    बाँकी परियोजनाहरु बोलपत्र आव्हान प्रक्रियाको सुरुवाती चरणमा रहेको छ । यी स्वास्थ्य संरचनामा ओपिडी, डिस्पेन्सरी, औषधी भण्डारण कक्ष, एन्टी/पोस्ट नेटल रुम, स्वास्थ्यकर्मीका लागि शयन कक्ष, भान्साघर, अपाङ्गमैत्री सरसफाई संरचना रहनेछन् ।

    स्वास्थ्य क्षेत्रमा पूर्वाधार संरचना सुदृढीकरण गर्नका लागि भारत सरकार नेपाल सरकारसँग मिलेर काम गरिरहेको छ ।

    सन् २००३ देखि हालसम्म भारत सरकारद्वारा आर्थिक सहयोग पुनयाइएका साना विकास परियोजना योजना अन्तर्गतका ४० वटा भन्दा बढी स्वास्थ्य शिविररस्वास्थ्य चौकी निर्माण सम्पन्न भइसकेका छन् ।

    सन् १९९४ देखि भारत सरकारले विविध सरकारी, गैर—सरकारी र गैर नाफामूलक संस्थालाई ८२३ भन्दा बढी एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार