Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • माफी मागेपछि सहमतिमा टुंगियो पल र अरुणको विवाद

    माफी मागेपछि सहमतिमा टुंगियो पल र अरुणको विवाद

    अनलाइन नेपाल
  • शनिबार, १५ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ ।

    म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष प्रधानविचको विवाद माफी मागेपछि टुंगिएको हो ।



    प्रहरीका अनुसार इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुण र पलले एक अर्कासँग माफी मागेपछि विवाद सकिएको हो ।



    विवाद टुंगिएपछि मिडियाकर्मीसँग कुरा गर्दै पलले दुबै पक्षबाट भएका कमजोरी स्विकार गर्दै माफी मागेपछि विवाद सकिएको बताए । यस्तै, अरुणले पनि पल एक सुपरस्टार नायक भएको भन्दै दुबैले कमजोरी महशुश गरेपछि सहमती भएको बताए ।

    धरानमा म्यूजिक भिडियो छायांकनका लागि पुगेका पलले एक रेष्टुरेन्टमा खाना खाने क्रममा आफूलाई दुव्र्यवहार गरेको र कुटपिट गर्न खोजेको आरोप लगाउँदै अरुणले इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार