Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बाल विबाहमा संलग्न बेहुला र बुवा पक्राउ

    बाल विबाहमा संलग्न बेहुला र बुवा पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १५ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    पर्सा।  जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बाल विवाह  गराउने कार्यमा संलग्न लाई पक्राउ गरेको छ।

    गत माघ १९ गते  बीरगंज महानगरपालिका वडा नं.१६ लक्ष्मीनारायण टोलमा बर्ष १७ की बालिकालाई वाल बिवाह गराएका वेहुलाको वुवा समेत २ जनालाई शुक्रबार पक्राउ गरी अदालतमा पेश गरिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।



    बाल विवाह भएको सूचना हुनासाथ  बर्ष १९ को वेहुला तथा बर्ष ४६ को वेहुलाको वुवा समेत २ जनालाई  नियन्त्रणमा लिइ  पर्सा जिल्ला अदालतबाट दिन सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी  खनालले वताए।



    पर्सा प्रहरीले जिल्लाभरीमा कुनै पनि स्थानमा यस किसिमको घट्ना हुन लागेको वा भएको थाहा भएमा तत्कालै नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा सूचना गर्न गराउन समेत स्थानियहरुलाई अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार