Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पिएसएल खेल्न सन्दीप लामिछाने पाकिस्तानतर्फ प्रस्थान

    पिएसएल खेल्न सन्दीप लामिछाने पाकिस्तानतर्फ प्रस्थान

    अनलाइन नेपाल
  • शनिबार, १५ फाल्गुन २०७७
  • 3K
    SHARES

    काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गरेका छन्।

    सन्दीपले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्ने छन् ।



    लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र लामिछानेले पिएसएल खेल्ने पक्का भएको हो ।



    लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो ।

    जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पिएसएलको बीचमा नै प्रतियोगिता छोड्नु परेको हो ।

    उनको स्थानमा लाहोरले लामिछानेलाई छनोट गरेको हो । लामिछाने कतार एअरवेजमार्फत दोहा हुँदै कराँचीतर्फ लागेका हुन ।

    लामिछानेले यसअघि सन् २०१९ मा पनि लाहोरबाट नै खेलेका थिए ।लामिछानेले सात खेलमा ११ विकेट लिएका थिए ।  सन् २०२० मा भने उनले पिएसएल खेल्न पाएनन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार