Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गगन थापाले भने-नेकपाको विवाद नटुंगिएसम्म कांग्रेसले कुनै पनि समूहलाई समर्थन गर्दैन

    गगन थापाले भने-नेकपाको विवाद नटुंगिएसम्म कांग्रेसले कुनै पनि समूहलाई समर्थन गर्दैन

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेकपाको विवाद नटुंगिएसम्म कांग्रेसले कुनै पनि समूहलाई संसदमा समर्थन नगर्ने बताएका छन् ।

    हिजो शनिवार सिन्धुलीको तीन पाटन गाउँपालिका समितिले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा युवा नेता थापाले नेकपाको ओली र प्रचण्ड–नेपाल समूहभित्रको आधिकारिकता स्पष्ट नभएसम्म कुनै पनि पक्षसँग संवाद नगर्ने बताएका हुन् ।



    ‘झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपा लोभ र लालसका कारण फुटको संघारमा पुगे पनि तत्काल पुटि सकेको छैन । एकै ठाउँ जुटी पनि सकेको छैन । यस्तो अवस्थामा नेपाली कांग्रेस तत्काल सरकारमा जाने अवस्था पनि आउँदैन । कुनै एक समूहलाई समर्थन पनि गर्दैन,’ उनले भने ।



    आगामी २३ गते सांसद आह्वान भएको सन्दर्भमा सांसदमा नेकपाको आधिकारिकताबारे टुङ्गो भएपछि मात्र कांग्रेसले कुन समूहलाई समर्थन गर्ने भन्ने टुङ्गो लगाउने थापाले बताए ।

    ‘जनताले कांग्रेसलाई पाँच वर्षसम्म सरकार चलाउने म्यानडेट दिएको छैनन् । नेकपाले पाँच वर्षसम्म सरकार चलाउने क्षमता पनि राखेन । अब कांग्रेस दुईतिहाई बहुमतसहित आगामी निर्वाचनबाट सरकारको नेतृत्व गर्ने म्याण्डेट लिएर मात्र सरकारमा जान्छ,’ उनले थपे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार