Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • शिलान्यासमा व्यस्त प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

    शिलान्यासमा व्यस्त प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा पुगेका छन् ।

    आइतबार बिहान उनी यती एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेका हुन् ।



    ओलीलाई विमानस्थलमा प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसार्इं, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।



    आज प्रधानमन्त्री ओलीले पहिलो कार्यक्रमका रूपमा कमल गाउँपालिकाको तोपगाछी क्याम्पबाट धरमपुर–मङ्गलबारे जोड्ने कमल खोलाको पक्की पुलको उद्घाटन गर्नेछन् । यसैगरी दिउँसो दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन र बहुचर्चित नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।

    त्यस्तै, प्रधानमन्त्रीले इलामको चुलाचुली जोड्ने रतुवा पुलको उद्घाटन र मदन भण्डारी लोकमार्गका ३१ पुलको एकैचोटी शिलान्यास गर्ने कार्यक्रम रहेको थापाले बताए ।

    प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार