Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • युवक अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ

    युवक अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2.7K
    SHARES

    मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङले युवक अपहरण गरी फिरौती माग्ने दुई पुरुष र एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

    शनिवार जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र वडा नम्बर ६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मालाई पक्राउ गरेको हो ।



    विराटनगर महानगरपालिका वडा नम्बर १८ खोक्सा बस्ने २३ वर्षीय सुभाष कामतलाई अपहरण गरेर १० लाख रुपैयाँ फिरौती मागेको भन्दै प्रहरीमा उजुरी परेपछि उद्धारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार