Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु     

    सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु     

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। कैलाली, तनहुँ र रुपन्देहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।

    कैलाली, चुरे गाउँपालिका-१ स्थित बजाडी भन्ने स्थानमा बा.२ क ८१३५ नम्बरको रोलरको ठक्करबाट सोही गाउँपालिका-१ चटकपुर बस्ने ४६ वर्षीय लक्ष्मण छेडालको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । रोलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 



    तनहुँ, ब्यास नगरपालिका-१ बुल्दिपुलस्थित सडकमा गा.१९ प २७३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 



    रुपन्देही, सैनामैना नगरपालिका-१ वनकट्टास्थित सडकमा मोटरसाइकलको ठक्करबाट साईकलयात्री शुद्धोधन गाउँपालिका-१ सिखरा बस्ने ५० वर्षीय राजेन्द्र लोधको शनिबार राति मृत्यु भएको छ । उक्त सडकमा लु.३७ प ४७९१ नम्बरको मोटरसाइकलले ठक्कर दिइ बाटोमा लडेको र पुन: लु.१५ प ५५६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

    यसैगरी रुपन्देही, कोटहिमाई गाउँपालिका-१ सिपुवास्थित सडकमा लु.२ च १५१७ नम्बरको पिकअप जिपको ठक्करबाट पैदलयात्री सम्मरीमाई गाउँपालिका-५ बस्ने ३२ वर्षीया कुसुम लोधको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    उल्लेखित दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार