Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कुटपिट गरी हत्या गर्ने सात जना पक्राउ     

    कुटपिट गरी हत्या गर्ने सात जना पक्राउ     

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 3K
    SHARES

    दाङ। जिल्लाको घोराही उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या भएको छ । 

    हत्या गरेको अभियोगमा शनिबार राति सोही उपमहानगरपालिका-१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरी समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 



    घर नजिक बिवाहको भोजमा गएको अवस्थामा राजनलाई उमेश समेत ६ जनाले कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।



    कुटपिटबाट गम्भीर घाइते भएका राजनको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै चौराह हस्पिटल मेडिकल कलेज बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार