Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जन्मदिनमा भोड्काले माल्दिभ्स पुर्यायो प्रियंका दम्पतीलाई

    जन्मदिनमा भोड्काले माल्दिभ्स पुर्यायो प्रियंका दम्पतीलाई

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ। नेपाली सिने क्षेत्रकी अभिनेत्री प्रियंका कार्की जन्मदिन मनाउन माल्दिभ्स पुगेकी छिन् ।

    आफ्नो ३३औं जन्मदिन मनाउन प्रियंका बिहीवार श्रीमानको साथमा माल्दिभ्स पुगेकी हुन् । उनीहरुले माल्दिभ्सको समुन्द्री किनारमा एकसाथ डिनर गरेका तस्विरहरु इन्स्टाग्राममा शेयर गरेका छन् । तस्विरमा दुवैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । आयुष्मानसँग चुम्बन गरेका तस्विर पोस्ट गर्दै प्रियंकाले आफ्नो लागि यो सबैभन्दा सुन्दर दिन रहेको उल्लेख गरेकी छन् ।



    माल्दिभ्समा प्रियंकाको जन्मदिन रुसलान् भोड्काको प्रायोजनमा भएको हो । उनले इन्स्टाग्राम स्टोरीमा रुसलान् भोड्का नाम अंकित डिस्पोजेबल कपको एक तस्विर राख्दै माल्दिभसमा आफूहरुलाई कम्पनी दिएकोमा धन्यवाद दिएकी छन् । यो कम्पनीको नेपाल ब्रान्ड एम्बसेडर रहेकी उनको ब्याचलर पार्टीलाई पनि रुसलान् भोड्काले नै प्रायोजन गरेको थियो ।



    तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका प्रियंका र आयुष्मान करीब एक वर्ष कोरोनाका कारण घरभित्रै सीमित भएका थिए । विवाह गरेको दुई हप्तामा कोरोनाका कारण देश लकडाउन भएपछि उनीहरु हनिमुनमा समेत निस्कन पाएका थिएनन् । प्रियंकाको जन्मदिन र फागुन १६ गते (आज) फस्ट एनिभर्सरी मनाउन प्रायोजक बोकेर उनीहरु माल्दिभ्स पुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार