Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गगन थापाको अभिव्यक्ति – कांग्रेस सरकारमा चुनाव अघि जाँदैन

    गगन थापाको अभिव्यक्ति – कांग्रेस सरकारमा चुनाव अघि जाँदैन

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले कम्युनिष्ट पार्टीहरु जतिसक्दो चाँडो जुटे पनि फुटे पनि निस्कर्षमा आउनुपर्ने बताएका छन् ।

    कम्युनिष्ट पार्टीकै कारण देश बन्धक भइरहेको भन्दै उनले कम्युनिष्ट पार्टीले जतिसक्दो चाँडो झगडा मिलाएर देशलाई निकास दिनुपर्ने बताए ।



    शनिबार कांग्रेस तीनपाटन गाउँपालिका सिन्धुलीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका थापाले पाँच वर्ष कांग्रेसलाई जनताले सरकारमा बस्ने म्यान्डेड नदिएको बताए । उनले प्रतिपक्षमा बसेको कांग्रेस प्रतिपक्षमै बस्ने देशलाई निकास दिन सक्नेगरी मात्रै कांग्रेस अगाडि बढ्ने बताए ।



    ‘हामी सरकारमा जाने हो तर अहिले होइन, अब आउने चुनावमा सानका साथ जाने हो । कम्युनिष्ट सरकारले छोडेको भाग मात्र होइन आफैंले निर्माण गरेर हो । तपाईहरू नअलमलिनुस् देश निर्वाचनमा गयो । हामीले पहिलेनै भनेका हौं, प्रधानमन्त्रीले पुस ५ गते सदन विघटन गरेसँगै देश निर्वाचनमा गयो तर अदालतले प्रधानमन्त्रीकै सिफारिसलाई सदर गरेको भए न संसद् रहन्थ्यो न त चुनाव हुन्थ्यो तर अब चुनाव हुन्छ । अब संविधानको ट्र्याकबाट चुनावमा जान्छ, विधिले जान्छ ।’ उनले कांग्रेसले सरकार चलाउने म्यान्डेड नपाएको र कम्युनिस्टसँग सरकार चलाउने क्षमता नभएको बताए ।

    सर्वोच्चअदालतले देशलाई न्याय दिएको भन्दै न्यायाधीश र पूर्वन्यायाधीशलाई सम्मान गर्ने बताए । अहिलेको अवस्थामा नेपालको कम्युनिष्ट पार्टी छ भन्ने अवस्था जनतालाई नभएको बताए ।

    कार्यक्रममा बोल्दै थापाले नेकपाको दुवैसमूहलाई कांग्रेसले निकास दिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार