Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • म्यान्मारमा अहिलेसम्मकै घातक घटना : गोली प्रहारमा १८ प्रदर्शनकारीको मृत्यु

    म्यान्मारमा अहिलेसम्मकै घातक घटना : गोली प्रहारमा १८ प्रदर्शनकारीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.8K
    SHARES

    एजेन्सी। संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यान्मारको घटनालाई अहिलेसम्मकै घातक भनेको छ।

    प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो।



    प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका सहरमा मानिसहरू मारिएको विवरणहरूमा जनाइएको छ।



    सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेका छन्। फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएयता म्यान्मारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्।

    सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ।

    बाटो छेक्न अवरोधहरू खडा गरिएको र मानिसहरू रगतमा लतपतिएको देखिन्छ।सैनिक कूका नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केत नदेखिएपछि प्रहरी कारबाही आइतवार विस्तार गरिएको हो।

    संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ।

    उसले आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाएको छ।

    प्रदर्शन सुरु भएयता कैयौँ मानिस पक्राउ परेका छन्। तर त्यसबारे पुष्टि गरिएको छैन।

    राजनीतिक बन्दीहरूको अनुगमन गर्ने एउटा संस्थाका अनुसार त्यो सङ्ख्या ८५० रहेको बताएको छ। तर यो हप्ता थप सयौँ गिरफ्तार भएको देखिएको छ।-बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार