Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कालिमाटीमा हुण्डीको रकमसहित ३ जना पक्राउ

    कालिमाटीमा हुण्डीको रकमसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। महानगरीय प्रहरी वृत कालिमाटीले ठुलो परिमाणको हुण्डीको रकमसहित ३ जनालाई पक्राउ गरेको छ ।

    आइतबार दिउँसो काठमाडौं महानरगपालिका-१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    उक्त स्थानमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका-१४ कुलेश्चर बस्ने नुवाकोट बिदुर नगरपालिका-१३ घर भएका ३७ वर्षीय नवराज कार्की, काठमाडौ तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका-६ घर भएका २७ वर्षीय सुमन थापा र काठमाडौ कुलेश्वर बस्ने भारत बिहार घर भएका ५६ वर्षीय सत्य नारायण प्रसाद रहेका छन् ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार