Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • राष्ट्रपतिद्वारा फागुन २३ मा संसद अधिवेशन आह्वान

    राष्ट्रपतिद्वारा फागुन २३ मा संसद अधिवेशन आह्वान

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् ।

    राष्ट्रपतिले सरकारको सिफारिसअनुसार आगामी फागुन २३ गते सोमबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।



    प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको र सोहीअनुसार राष्ट्रपतिले २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले



    केहीबेरमै राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन आह्वानसम्बन्धी विज्ञप्ति जारी हुने उनको भनाइ छ ।

    संसद अधिवेशन आह्वान भएसँगै नयाँ सरकार गठनको पहल थालिने छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार