Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अभिनेत्री स्वस्तिमा खड्का साउथ इण्डियन फिल्ममा

    अभिनेत्री स्वस्तिमा खड्का साउथ इण्डियन फिल्ममा

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 7.6K
    SHARES

    काठमाडौँ। नेपाली सिने क्षेत्रकी अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म (साउथ इण्डियन  फिल्म) खेल्ने भएकी छिन्

    साउथ इण्डियन फिल्म ‘थिरिमाली’ मार्फत उनले साउथ अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।



    अभिनेत्री स्वस्तिमाले सामाजिक सञ्जालमार्फत आफूले साउथ फिल्म ‘थिरिमाली’ साइन गरेको जानकारी दिएकी हुन् ।



    फिल्म ‘थिरिमाली’मा उनी मुख्य भन्दा पनि सहायक भुमिकामा अनुबन्धित भएकी हुन् । भूमिका जे भएपनि सिक्न र करिअरमा अगाडि बढाउन फिल्मले आफूलाई मद्दत पुग्ने स्वस्तिमाले बताइन् ।

    स्वस्तिमाले महंगो पारिश्रमिक बुझेर फिल्ममा आबद्ध भएको बुझिएको छ । तर, फिल्ममा उनको भूमिकाबारे भने निर्माण टिमले कुनै जानकारी दिएको छैन ।

    फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने जानकारी प्राप्त छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार