Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

    भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् ।

    समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।



    भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त बनाऔं ।’



    मोदीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार