Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना अपडेट : थप ७३ जनामा संक्रमण पुष्टि, ६४ संक्रमण मुक्त

    कोरोना अपडेट : थप ७३ जनामा संक्रमण पुष्टि, ६४ संक्रमण मुक्त

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा सोमबार थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७० हजार ४७१ पुगेको छ ।



    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै हिजो नेपालमा ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार