Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • धुर्मुस सुन्तलीको अफर : एक लाख तिरे रङ्गशालाको कुर्सीमा नाम लेख्न पाइने

    धुर्मुस सुन्तलीको अफर : एक लाख तिरे रङ्गशालाको कुर्सीमा नाम लेख्न पाइने

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    भरतपुर। चितवनको भरतपुरमा निर्माणाधीन रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा आर्थिक संकट परेपछि धुर्मुस सुन्तली फाउण्डेसनले नयाँ अफर सार्वजनिक गरेको छ ।

    नयाँ अफर अनुसार सर्वसाधारणले रंगशालाको कुर्चीमा एक लाख तिरेर नाम लेखाउन पाउने छन्  ।



    धुर्मुस सुन्तली फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने व्यवस्था गरिएको जानकारी दिएको छ ।



    कसैले आफू वा आफ्नो परिवारका सदस्यको नाम कुनै कुर्चीमा लेखाउन चाहे फाउण्डेसनलाई १ लाख रुपैयाँ सहयोग गर्नुपर्नेछ ।

    पछिल्लो समय रंगशाला निर्माणका लागि आर्थिक संकट बढ्दै जान थालेपछि फाउण्डेशनले यस अभियानको सुरुवात गरेको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार