Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतबाट तस्करी गरेर ल्याएको कछुवासहित आलम पक्राउ

    भारतबाट तस्करी गरेर ल्याएको कछुवासहित आलम पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। महानगरीय प्रहरी वृत्त थानकोटले भारतबाट तस्करी गरेर ल्याएको कछुवासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    आइतबार दिउँसो महानगरीय प्रहरी प्रभाग नागढुंगामा भारत पटना घर बताउने २३ वर्षीय फैजल आलमलाई  ६ वटा व्ल्याक पाउण्ड प्रजातिको कछुवासहित  प्रहरीले पक्राउ गरेको हो ।



    वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७०१४ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार आलमले झोलामा लुकाई ल्याएको उक्त कछुवा फेला पारेको हो ।



    आलमलाई बरामद कछुवा सहित थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार