Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ओली सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

    ओली सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 4.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

    निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको छ । आन्तरिक उडानमा खपत हुने हवाई इन्धनमा मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ भने अन्तराष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर २५ अमेरिकी डलर मूल्यवृद्धि गरिएको छ ।



    अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर र ग्यासको मूल्य भने १ हजार ४ सय रुपैयाँमा यथावत राखिएको छ ।



    यो मूल्यमा बिक्री गर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ, डिजेलमा ६.५६ रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा नोक्सान रहेको निगमले जनाएको छ । मागको प्रक्षेपणका आधारमा यो मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमलाई १५ दिनमा १ अर्ब ३२ करोेड नोक्सान हुन्छ ।

    मूल्य बढ्दा पनि सीमावर्ती भारतीय बजारमा भन्दा नेपालमा पेट्रोलको मूल्य ९५.९३ रुपैयाँ र डिजेलको मूल्य ४२.०७ रुपैयाँ सस्तो पर्न जाने निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार