Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीलाई नै निकम्मा बनाउन खोजे : रमेश खरेल

    प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीलाई नै निकम्मा बनाउन खोजे : रमेश खरेल

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 5K
    SHARES

    फाइल फोटो

    काठमाडौं।  चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू असुरक्षित रहेको बताएका छन् ।

    देशको सुरक्षा व्यवस्थाको कमान सम्हालिरहेका गृहमन्त्री रामबहादुर थापा बादल मञ्चमै रहेको कार्यक्रममा सोमबार उनले आफूमाथि भौतिक हमला हुन सक्ने बताए ।



    पूर्वडिआइजी रमेश खरेल भन्छन्, ‘ प्रधानमन्त्रीको कुरा सुन्दा उहाँलाई मनको बाघले खाएजस्तो लाग्यो । विश्वास गरेर जनताले जिम्मेवारी दिँदा केही गर्न नसकेपछि उहाँले यस्तो बोल्नुभएको हुनुपर्छ ।



    राष्ट्रप्रतिको बेइमानी, भ्रष्टाचारीहरूको संरक्षण, बिचौलियासँग साँठगाँठ र आफ्नो कुर्सीका लागि देशलाई बन्धक बनाउने मान्छेलाई मनको बाघले खान्छ ।

    पूर्वसुरक्षाकर्मी र एउटा नागरिकको हिसाबले म उहाँलाई त्यस्तो ठूलो सुरक्षा थ्रेट केही पनि देख्दिनँ । आफ्नै बेइमानी, आफ्नै कुकर्म, भ्रष्टाचारको संरक्षण र भागबन्डाजस्ता कामले गर्दा उहाँलाई मनको बाघले खाएको हो, अरू केही पनि होइन ।

    अर्को कुरा, प्रधानमन्त्रीले यस्तो भन्दै हिँड्ने पनि होइन । यस्ता कुराले सुरक्षा निकायमा ठूलो असर पर्छ । उनीहरूको पूरै ‘मोरल डाउन’ हुन्छ ।

    सुरक्षाकर्मी त निकम्मा रहेछन् भन्ने सन्देश जान्छ । मनोवैज्ञानिक रूपमा तीन करोड नेपालीले त असुरक्षित महसुस गर्ने नै भए, विदेशीलाई समेत त्यसको असर पर्छ । देशकै प्रधानमन्त्रीले नै सुरक्षित छैन भन्छन् भने त्यो देश त असुरक्षित रहेछ, त्यस्तो देशमा किन जाने भन्ने हुन्छ । त्यसकारण प्रधानमन्त्रीले यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिनुहुँदैन । ‘ नयाँ पत्रिकाबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार