Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना खोपले अस्पताल भर्ना हुने क्रम ८० प्रतिशत घटायो

    कोरोना खोपले अस्पताल भर्ना हुने क्रम ८० प्रतिशत घटायो

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका वा फाइजर–बायोएनटेकको खोपको पहिलो डोजले अस्पताल भर्ना गरेर उपचार गर्नु पर्ने अवस्था ८० प्रतिशतले घटाएको पाइएको छ ।

    हालै बेलायतमा गरिएको अध्ययनमा खोपको पहिलो डोजका कारण अस्पताल भर्ना हुने दरमा ८० प्रतिशतभन्दा कमी आएको हो । खोप लगाएको तीनदेखि चार हप्तामा त्यसको प्रभाव देखिएन थालेको तथ्यांकले देखाएको छ ।



    खोपको पहिलो डोज सबैभन्दा पहिले पाएका ८० वर्ष भन्दा माथिका व्यक्तिमा यस्तो देखिएको हो । सरकारी वैज्ञानिकहरुले प्रतिवेदनको स्वागत गर्दै पूर्ण प्रभावकारिताका लागि दुवै डोज लगाउनु पर्नेमा जोड दिएका छन् ।



    गएको हप्ता स्कटल्याण्डका स्वास्थ्य अधिकारीले पनि यस्तै तथ्यांक सार्वजनिक गरेका थिए । खोपको प्रभावकारिताले उत्साहित बनाएको उनीहरुले बताएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार