Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बार्सिलोनाको कार्यालयमा प्रहरीको छापा

    बार्सिलोनाको कार्यालयमा प्रहरीको छापा

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 1.4K
    SHARES

     

    एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाको कार्यालयमा प्रहरीले छापा मारेर चार जनालाई पक्राउ गरेको छ। वित्तिय गतिविधिबारे अनुसन्धान गर्न प्रहरीले बार्सिलोनाको कार्यालयमा छापा हानेको हो ।



    प्रहरीले पक्राउ गरिएका व्यक्तिहरुको बारेमा केही खुलाएको छैन । प्रहरीले सन् २०२० मा भएको ‘बार्सागेट’ स्क्याण्डलसँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेको छ ।



    बार्सिलोनामाथि आफै खेलाडीलाई सामाजिक सञ्जालमा निशाना बनाउन फर्मलाई जिम्मा दिएको आरोप थियो । सो आरोप बार्सिलोनाले अस्वीकार गर्दै आएको छ । बार्सिलोनाको अध्यक्षका लागि आइतबार चुनाव भएको थियो ।

    गत अक्टोबरमा जोसेप मारिया बार्तोमेउले राजीनामा दिएपछि चुनाव भएको हो । पक्राउ पर्नेमा बार्तोमेउ समेत रहेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार