चक्रे मिलन बालुवाटारबाट सञ्चालित, डनविरुद्धको कारबाही रोकियो !

चक्रे मिलन बालुवाटारबाट सञ्चालित, डनविरुद्धको कारबाही रोकियो !

अनलाइन नेपाल
  • मंगलबार, फाल्गुन १८ २०७७

  • 18.3K
    SHARES

  • चक्रे मिलन बालुवाटारबाट सञ्चालित, डनविरुद्धको कारबाही रोकियो !

    काठमाडौं । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै एसएसपी अशोक सिंहले गुन्डागर्दीका नाइकेविरुद्ध कारबाही सुरु गर्ने योजना बनाएका थिए ।

    काठमाडौं परिसरमा हाजिर भएको केही दिनमै उनले पुराना डन चक्रे मिलन भनिने मिलन गुरुङको गाडीमा खानतालासी समेत गरे । तर, उनलाई सोधपुछका लागि कार्यालय लैजान सकेनन् । दबाबको भरमा छाड्नुप¥यो ।

    उनलाई पहिलो अप्रेसनमै धक्का लाग्यो । यो घटनाले गुण्डाहरुको संरक्षण कसले गरिरहेको छ भन्ने कुरा पनि खुल्यो । चक्रे मिलन बालुवाटारबाट सञ्चालित भएको रहस्य खुलेको छ ।

    स्रोतका अनुसार एसएसपी सिंहले सक्रिय गुन्डाहरुको तीन वटा सूची नै बनाएका थिए । त्यहीअनुसार उनले पक्राउ गर्ने योजना बनाए । केहीलाई पक्राउ पनि गरे । तर, यति चर्को दबाब आयो कि उनीहरुलाई थाम्न सकेनन् । जसकारण डनविरुद्धको उनको अप्रेसन असफल भएको छ ।

    हुन त काठमाडौंमा विगतमा जस्तो गुन्डागर्दी छैन । पुराना डनहरु पनि राजनीति र व्यवसायमा लागेका छन् । हप्ता असुलीको धन्दा चल्न सकेको छैन । केही टोले गुन्डाहरु भने सक्रिय छन् । केही भने डिस्को तथा अवैध सट्टेबाजीको धन्दा चलाइरहेका छन् ।

    उता महानगरीय अपराध महाशाखामा एसएसपी चन्द्रकुबेर खापुङ आएपछि गुन्डाको एक समूह हर्षित भएको छ । दरबारमार्ग वृत्तमा हुँदादेखि नै काभ्रेली समूहसँग उनको दोस्ती थियो । सोही कारण उनलाई त्यहाँबाट हटाइएको थियो । उनी नै महाशाखा पुगेपछि विभिन्न अवैध धन्दामा सेटिङ सुरु भइसकेको खबर आजको दृष्टि साप्ताहिकले प्रकाशित गरेको छ ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार