Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बास्तोला मृत्यु प्रकरणमा संलग्न थप एक पक्राउ, स्थिति अन्यौल

    बास्तोला मृत्यु प्रकरणमा संलग्न थप एक पक्राउ, स्थिति अन्यौल

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 2K
    SHARES

    मोरङ। जिल्ला प्रहरी मोरङले उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणका संलग्न भएको आरोपमा थप जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार रहेको प्रहरीले जनाएको छ ।



    सोमबार राति इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी गाउँपालिका-७ रमाइलोबाट पक्राउ गरेको हो ।



    मृत्यु प्रकरणमा जोडिएका उर्लाबारी नगरपालिका-६ का ६० वर्षीय बास्तोलाका घरबेटी रमेश गिरीलाई जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले सोमबार एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । गिरी आइतबार साँझ पक्राउ परेका थिए ।

    मुद्दामा प्रतिवादी बनाइएकामध्ये चार जना पक्राउ परिसकेका छन् । अन्य बाँकी दुई जनाको खोजी तीव्र पारिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार